आर्थिक

एनआईसी एशिया बैंककोे एकैसाथ तीनवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा

काठमाण्डौ । एनआईसी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदैगाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्गसेवा प्रदानगर्दै आइरहेकोे छ । सोही क्रममा सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ को सीतापुर, झापा जिल्लाको मेचीनगर नगरपालिका, वडा नं. १ को गाडागल्ली र मेचीडाँगीमा आफ्नो ३३, ३४ र ३५ औंंशाखारहित बैंकिङ्ग सेवाअसार ४गतेबाट संचालनमा ल्याएको हो ।

बैंकले संचालनमा ल्याएको सीतापुर शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष रामबल्लभ साह र विशेष अतिथिको रुपमा सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महत र वडा नं. ६ का वडा अध्यक्ष सुरेश कुमार साह सुरीको उपस्थितीमा सम्पन्न भएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाका बैंक प्रतिनिधिको रुपमा रमेश गुप्तालाई नियुक्त गरिएको छ ।

यसै गरीेगाडागल्ली र मेची डाँगी शाखारहित बैंकिङ्गसेवाको समुद्घाटन मेचीनगर नगरपालिकावडा नं. १ का वडा अध्यक्ष पासाङ्ग तामाङ्गले गरे । गाडा गल्ली शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा श्रीमती भावना श्रेष्ठ र मेची डाँगीशाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा लोकनाथ लामिछानेलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्गसेवाबाट देशकाविभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्गसेवालिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासीहरुलाई लामो दूरीसम्म हिंँड्नुपर्ने बाध्यताको अन्त्यभई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाताखोल्ने, तोकिएको सीमासम्मको रकम जम्मागर्ने तथाझिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवाको महसुल भुक्तानीगर्ने, स्वीकृत सीमाभित्र रहीकर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्तगर्न सकिनेछ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउण्टर एवं ३५ वटा शाखारहित बैंकिङ्गईकाई मार्फत् बैंकिङ सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहकहरूकासाथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ । बैंकले हरेक सम्भावितबजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थपशाखा/शाखारहित बैंकिङ्गसेवा संचालनगर्ने योजना अगाडि सारेको छ ।