आर्थिक

कामना सेवा विकास बैँक र खल्ती डिजिटल वालेटबिच सम्झौता

काठमाडौँ । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले स्पारो पे को खल्ती डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने गरी उक्त कम्पनी संग सम्झौता गरी सेवा संचालनमा ल्याएको छ ।

बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत खल्ती डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ ।

खल्ती वालेट मार्फत ग्राहकले क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, Mobile top up गर्ने लगायत अन्य विभिन्नभुक्तानीहरुमा सहयोगी हुने बंैकले जनाएको छ ।