राजनीति

अबको दुई बर्ष भित्रमा देशका सबै मालपोत कार्यालय आधुनिक हुन्छन्ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमी व्यवस्थापनलाई प्रविधि मैत्रीबनाउन सुरु गरिएको बताएका छन् । कलंकीमा आज नमुना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विकास र सेवाका प्रयासमा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताएका छन् । “अब मालपोतमा मात्र होइन शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो, छरितो र गुणस्तरीय सेवाप्रदान गरिनेछ” प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले अबको दुई बर्ष भित्रमा देशका सबै मालपोत कार्यलयका ढड्डाहरु, पुराना लिखतहरु डिजिटलाइज्ड भइसक्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै कामलिन सकिने, उत्पादन र उत्पादकत्व वृद्धि गरिने र सबै कामपारदर्शी हुने बताएका छन् । “नेपाललाई आधुनिक दिशातर्फ अघि बढाउनका लागि प्रविधिको ठुलो भूमिका छ” प्रधानमन्त्री ओलीले भने “हाम्रो नयाँ राष्ट्रिय गन्तव्य समृद्ध नेपाल, सुखी नेपालीको प्राप्तीकालागि प्रविधि मैत्रीभएर काम गर्नुपर्दछ ।”