राजनीति

लोकसेवा आयोगको विज्ञापन तत्काल खारेज हुनुपर्छ- अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले स्थानिय तहमा कर्मचारीहरुको माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन तत्काल खारेज हुनपर्ने बताएका छन् ।

उनले खुमलटारस्थित आफ्नै निवासमा आरक्षण बचाऊ आन्दोलनको ज्ञापनपत्र बुझाउदै उक्त कुरा बताएका हुन् । संघीयता र समावेशिताको मर्म र भावनालाई यसले बेवास्ता गरेको भन्दै तत्काल रद्ध हुनु पर्ने बताए। अध्यक्ष दाहालले स्थानिय तहले कर्मचारीको आवश्यकता महसुस नगरे भन्दा अगाडि नै विज्ञापन निकाल्नु उचित नभएको बताएका छन् ।

राज्य व्यवस्था समितिको सदस्य भएको नाताले पनि यसको बारेमा छलफल र परार्मस गर्ने बताए्का छन् । अध्यक्ष दाहालले भने‘ मन्त्री लालबाबु पण्डितसँग म कुरा गर्दैछु । प्रधानमन्त्रीज्यूसँग अलग्गै मिटिङ छ, यो विषयमा पनि कुरा हुँदैछ। हामी सचिवालय बसेर पनि यो विषयमा कुरा गर्दैछौं ।’

आयोगले निकालेको विज्ञापन संविधान विपरित भएको बताएका छन् । यसको् विषयमा प्रशासनमन्त्री लालबाबु पण्डितसँग कुरा गर्ने बताए ।