राजनीति

अध्यक्ष बस्नेतको आग्रहः ओली सरकारको धर्म/संस्कृतिमाथीको प्रहार बिरुद्धको प्रदर्शनमा सहभागी बनौं

काठमाण्डौ । नेपाली काँग्रेसको सशक्त भातृसंस्था नेपाल तरुण दलले आज हुन लागेको माईतीघरको गुठी बिधेयक फिर्ता गर्न सरकारलाई दबाब दिने स्वतस्फुर्तको बिशाल प्रदर्शनमा सहभागी हुन तरुण दलका काठमाण्डौ उपत्यकाका नेता कार्यकर्ता लगायत सबैलाई आग्रह गरेको छ । तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ती जारी गर्दै उक्त आग्रह गरेका हुन् । काठमाण्डौ लगायत देशभरका नेवार लगायतका बिभिन्न समुदायहरुले सरकारले दर्ता गरेको गुठी बिधेयकका बिरुद्धमा बिभिन्न प्रदर्शनहरु भईरहेका बेला तरुण दलले बुधबार हुने प्रदर्शनमा ऐक्यबद्धता जनाउदै सहभागीता जनाउन आग्रह गरेको हो ।

अध्यक्ष बस्नेतले दुईतिहाई मतको दम्भमा नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले धर्म, संस्कृति र परम्परामाथी प्रहार गरेको र त्यसको प्रतिबाद गर्ने अहिले सही समय भएको बताएका छन् । मंगलबार भुमिसुधार मन्त्री पद्मा अर्यालले गुठी बिधेयक फिर्ता लिने दाबी गरेपनि मंगलबारै प्रधानमन्त्री ओलीद्वारा गरिएको पत्रकार सम्मेलनमा गुठी बिधेयक फिर्ता लिने सरकारको निर्णय भएको भन्ने समाचार हेरेर जानकारीम आएको बताएका थिए । त्यसपछि स्वतस्फूर्त संघर्ष समितिले आज प्रदर्शन फिर्ता नलिने बताएको थियो ।