राजनीति

संसदमा बोल्न नपाएका प्रधानमन्त्री एक्कासी पत्रकार सम्मेलनमा !

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले संसदीय प्रकृया मिचेकोमा आफूलाई दुःख लागेको बताएका छन् । सदनमा प्रधानमन्त्री ओली भन्दा अगाडी प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले कुरा राख्न माग गर्दै काँग्रेसले संसद अबरुद्ध गरेपछि नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सभापति देउवा आफैं संसद अबरुद्ध गर्न आएकोमा आफूलाई दुःख लागेको बताएका हुन् ।
संसद चलिरहेका बेला प्रधानमन्त्री ओली मन्तब्य राखेर बाहिर निस्कने र प्रतिपक्षीको कुराको उत्तर नदिने चाल प्रतिपक्षी दलका साँसदहरुले पाएपछि पहिला प्रतिपक्षी दलका नेतालाई बोल्न दिनुपर्ने अडान राखेका थिए । प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान राख्दै संसद अबरुद्ध गरेपछि पत्रकार सम्मेलन गर्दै सभापति तथा पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवाप्रति ओली आक्रोशित भएका हुन् । गुठी बिधेयक फिर्ताका बिषयमा नेकपा दुईतिहाई मतको सरकारको सर्बत्र आलोचना भएको बेला, संसदमा ओलीले प्रमुख प्रतिपक्षी दलले राखेको उत्तर दिदा झन सरकार बिरुद्धका नाराहरु घन्किने आँकलन गरेपछि प्रधानमन्त्रीले पहिला आफू बोलेर हिँड्ने बाटो राजेपनि काँग्रेस आबरोधका कारण सफल हुन सकेन । प्रधानमन्त्री ओली पत्रकार सम्मेलनमार्फत आफ्ना कुरा राख्न बाध्य भए ।

सरकारका भूमि सुधार मन्त्री पध्मा अर्यालले गुठी बिधेयक फिर्ता लिने पत्रकार सम्मेलनमार्फत बताएपनि उक्त बिधेयक फिर्ता नलिउन्जेलसम्म काठमाण्डौका नेवार समुदाय लगायत मत्थर हुने सम्भाबना देखिदैन । बुधबार नेपाली काँग्रेसका नेता कार्यकर्ताको समर्थनमा माईतीघरमा स्वतस्फुर्त विशाल बिरोध प्रदर्शन भई प्रधानमन्त्रीको राजनीनामा समेत माग हुने देखेपछि सरकारले सामसुम पार्ने उद्येश्यसहित गुठी बिधेयक फिर्ता लिने बताएको हुन सक्छ ।