आर्थिक

कामना सेवा बैंकको नयाँ शाखा प्रदेश १ को मधुमल्ला र केराबारीमा

काठमाडौँ । कामना सेवा विकास बैंकले क्रमिक रूपमा आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं १ को मोरङ जिल्लाको मिक्लाजुंग गाउँपालिका वडा न.०९, मधुमल्ला र केराबारी गाउँपालिका वडा न. १०, केराबारीमा मंगलबार आफ्नो ९०औं र ९१औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । 

बैंकका संचालक देव कृष्ण काफ्ले तथा प्रदेश प्रमुख सुजन छराङ राईको उपस्थितिमा नयाँ शाखाको कारोबार शुभारम्भ भएको थियो्रसोही क्रममा संचालक देव कृष्ण काफ्लेले यी शाखा समेत गरि प्रदेश नं १मा ११ शाखा पुगेको र थप शाखा पनि शीघ्र संचालनमा ल्याउने बताउंदै देशको उत्कृष्ट औद्योगिकर व्यापारिक क्षेत्र पूर्वनेपालमा शाखा विस्तारले व्यापार प्रवर्धनमा पनि गति मिल्ने बैंकले बिश्वास लिएको बताए ।

यस बैंकले व्यवसाय बिस्तारको क्रममान विनतम प्रोडक्ट् तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकलाई उच्च स्तरको बैंकिंग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ्र