शिक्षा

काँग्रेसले उठाएका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिनैपर्छः नेता गुरुङ

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्ण बहादुर महराले असंसदीय व्यबहार देखाएको बताएका छन् । बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताले वोल्ने माग गर्दा पनि सभामुखले समय उपलब्ध नगरेको उनले बताएकाहुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उक्त कुरा बताएका हुन् ।

प्रमुख प्रतिपक्ष दलका नेताले पहिला बोलेर मात्र प्रधानमन्त्रीले बोल्नु पर्नेमा त्यसको विपरित भएको भन्दै गरुङले आपत्ती जनाएका छन् । नेता गुरुङले काँग्रेसले उठाएका प्रश्नको जवाफ सरकारले दिनपर्ने तर्क गरेका हुन् ।
स्टाटस्ः
‘संसदीय पद्वतिमा प्रमुख प्रतिपक्ष दलको नेताले वोल्न समय माग गरे पछि सभामुखले तुरुन्त समय उपलब्ध गराउनु पर्छ। प्रतिपक्ष दलको नेताले उठाएका प्रश्नहरुको जवाफ प्र.म.ले दिनुपर्छ। बारुदले भरिएको मानसपटलबाट असंसदीय व्यबहार देखाउनु भने आश्चार्यको विषय भएन।’