समाचार

सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बझाङको मष्टा गाउँपालिकामा सोमबार जीप दुर्घटना परी दश जनाको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले आज एक शोक विज्ञप्तिमार्फत मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

बझाङको मष्टा गाउँपालिका–१ मा सोमबार से१झ १०७२ नंको जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु हुनाका साथै चार जना गम्भीर घाइते भएका थिए ।