सुदूरपश्चिम

लुगा काट्ने कैँची खोपेर श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

डोटी । दिपायल सिलगढी नगरपालिका वडा नं ३ दिपायलमा कैंची प्रहार गरी एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेको अभियोग लगाइएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले दिएको जानकारी अनुसार दिपायल सिलगढी ३ का ४५ वर्षीय कृष्ण नेपालीले श्रीमती अन्दाजी ४० वर्षीया मीनालाई लुगा काट्ने कैँची प्रहार गरी हत्या गरेका हुन् ।

सोमबार राति ९/० बजे घरायसी झगडा हुँदा नेपालीले श्रीमतीको घाँडी र ढाडमा कैँची प्रहार गरेको बताइएको छ । अभियुक्त नेपालीलाई प्रहरीले पक्राउ गरेको र अन्य अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।