समाचार

काठमाडौँ बार अध्यक्षमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । काठमाडौँ अदालत जिल्ला बार एकाइको यही असार १४ गते हुने निर्वाचनमा अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । लोकतान्त्रिक समूहबाट जगदीश घिमिरे, प्रगतिशील समूहबाट कुमार आचार्य र स्वतन्त्र उम्मेदवार रामचन्द्र (आरसी) गौतमले आज उम्मेदवारी दर्ता गरेको काठमाडौँ बार निर्वाचन अधिकृत कमलराज अधिकारीले जानकारी दिए ।

लोकतान्त्रिक समूह सहसचिव लक्ष्मी सापकोटा र महिला दुई सदस्य प्रमिला कार्यस्थ र अञ्जना अर्याल निर्विरोध निर्वाचित हुने भएको समेत निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए । नेपालकै सबैभन्दा धेरै दुई हजार ६०८ मतदाता रहेको सो बार एकाइमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, महिला (दुई) र खुल्ला १२ जना गरी १९ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ ।