सामाजिक सञ्जाल

नेतृ झाँक्रीले आफ्नै सरकारले ल्याएको गुठी बिधेयक फिर्ता लिन माग गरिन्

काठमाण्डौ । नेकपा नेतृ रामकुमारी झाँक्रीले आफ्नै पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको गुठी बिधेयक फिर्ता गर्न माग गरेकी छन् । प्रधानमन्त्रीले समेत आज युरोप भ्रमण गएर फर्किने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय बिमानस्थलमा उक्त बिधेयकमा भूलबस् समाबेस भएका बुंदा परिमार्जन गरिने बताएका थिए ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भनेकी छन्, ‘राज गुठी, सार्वजनिक गुठी, निजी गुठी वा जे नाम होस, एउटै नाम भित्रका गुठीको ठाउ अनुसार प्रकृति पनि फरक छ। तिनको सम्बोधन पनि फरक फरक ढंगबाट गर्नुपर्छ। बिद्यमान विधेयकमा भएका ब्यबस्थाले भावनात्मक रूपमा सम्बोधन गर्न सकेन। यस कारण सरकारले यो बिधेयक फिर्ता लिई अर्को मस्यौदा गर्न उचित हुन्छ।’

फेसबुकको स्टाटस
बेलायत (युरोप) को भ्रमण सफलतापूर्वक सम्पन्न गरी फर्किनु भएकोमा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधान मन्त्री केपी शर्मा ओलीज्यूलाई हार्दिक स्वागत गर्छु।
यता काठमाडौमा जनता दिनदिनै सडकमा छन । खास गरी काठमाडौका निजी गुठीयारहरू र उहाँहरूको भावना संस्कृति र सम्पदासंग जोडिएको छ।उपत्यका बाहिरको गुठीको समस्या र प्रकृति फरक छ ।

राज गुठी, सार्वजनिक गुठी, निजी गुठी वा जे नाम होस, एउटै नाम भित्रका गुठीको ठाउ अनुसार प्रकृति पनि फरक छ । तिनको सम्बोधन पनि फरक फरक ढंगबाट गर्नुपर्छ । बिद्यमान विधेयकमा भएका ब्यबस्थाले भावनात्मक रूपमा सम्बोधन गर्न सकेन । यस कारण सरकारले यो बिधेयक फिर्ता लिई अर्को मस्यौदा गर्न उचित हुन्छ।

नेकपा पार्टी भित्र नेतारकार्यकर्ता पार्टी बिहिन ज़िम्मेवारी बिहिन भएका छन्। पार्टी भित्र सम्वाद हुने अबस्था नरहे जस्तो भएको छ । पार्टी जीवन लथालिङ्ग छ । कसैलाई ज़िम्मेवारी माथि जिम्मेवारी कसैलाई पराई जस्तो देखिने ब्यवहार भएको छ।

त्यो बेला जंगबहादुरले युरोपबाट फर्के पछि केही सुधारका काम गरेका थिए । चन्द्र सम्सेरले पनि नौ बटा सुधारका काम गरेका थिए ।
अध्यक्ष कमरेड नेपाली जनताले अभिभावकीय जिम्मेवारीको अपेक्षा गरेका छन् । पार्टी कार्यकर्ताले न्यायोचित जिम्मेवारीको अपेक्षा गरेका छन् ।