अन्तर्राष्ट्रिय

कार बम विस्फोटनमा परी दशको मृत्यु, २६ घाइते

मोगादिसु । कार बम विस्फोटनमा परी सोमालियाको राजधानी मोगादिसुमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अन्य २६ जना घाइते भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

सोमाली प्रहरी आयुक्त बासिर अब्दी मोहमदले पत्रकारहरुलाई भने, “नौ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् ।” प्रहरी प्रमुखका अनुसार दुई ओटा विस्फोटनमध्ये दोस्रो कार विस्फोटन केएमफोर जक्सन नजिकै भएको थियो । सो विस्फोटनमा आक्रमणकारीको पनि मृत्यु भएको छ ।

घटनामा परी घाइते भएका एक जना घाइतेलाई सुरक्षाकर्मीले पक्राउ पनि गरेका छन् । लडाकूहरुले विस्फोटन गराएपछि राजधानी जाने मुख्य बाटो बन्द भएको थियो ।  अलकायदा सम्बद्ध अल शबाब नामक समूहले घटनाको जिम्मेबारी लिएको छ ।