आर्थिक

समृद्धि तर्फ लैजान  बचेको रकमलाई बैंकमा जम्मा गरौं– कार्यकारी अधिकृत गुरुङ

काठमाण्डौ । सिभिल बैंकले आफ्नो शाखाबिस्तारको क्रममा बीरेन्द्रन गरपालिकाको सुर्खेतमा र लम्की चुहानगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमहरुकाबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले र लम्की चुहान गरपालिकाको मेयर महादेव बजगाईंले क्रमशः सुर्खेत शाखा र लम्कीको उद्घाटन गरे ।

सुर्खेत शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, प्रमुख अतिथि तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, कर्णाली प्रदेशका सांसदहरु पदमबहादुर रोकाया र थम्मर बहादुर बिष्ट, बीरेन्द्रनगर उद्योग वाणीज्य संघका अध्यक्ष पदमबहादुर शाही सिभिल बैंकका कर्णाली प्रदेशका प्रमुख शैलेश कार्की लगायत पत्रकार महासंघका पदाधिकारी, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्तितथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने कुरा प्रस्ट्याए । बैंकको शाखा बिस्तार हुँदा बित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने कुरा बताए । सुर्खेतमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा स्थापना गरेकोमापनि उनले खुशी व्यक्त गरे । सोही उद्घाटन कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नेपाललाई समृद्धि तर्फ लैजान  हामी सबैले नेपाल सरकारले जस्तै आफ्नो ब्यक्तिगत बजेट बनाई आफ्नो सम्भाव्य खर्चहरुको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादन मुलक क्षेत्रमा लगानीगर्नको लागी आवश्यक पुजीँको निर्माण गर्न आग्रह गरे ।

लम्की शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा लम्की चुहानगरपालिकाको मेयर महादेव बजगाई, सिभिल बैंक प्रदेशका सुदूर पश्चिम प्रदेशका प्रमुख दिपक जोशी, लगायत पत्रकार महासंघका पदाधिकारी, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको उपस्थिति थियो । सिभिल बैंकले लम्कीेमा शाखा संचालनमा ल्याएकोमा धन्यवाद ज्ञापन गर्दै प्रमुख अतिथि तथा लम्की चुहानगरपालिकाको मेयर महादेव बजगाईले सम्पुर्ण जनसमुदाय सिभिल बैंकले प्रदान गर्ने बैंकिङ सेवाबाट लाभान्वितहुने कुरामा आफु विश्वश्त रहेको कुरा भने ।
सुर्खेत र लम्की शाखा सहित सिभिल बैंककोे कुलशाखा संख्या ८१ पुगेकोे पनि बैंकले जनाएको छ ।