अन्तर्राष्ट्रिय

विश्वकप क्रिकेट, भारत र पाकिस्तानबीच खेल शुरु

लन्डन । इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भारत र पाकिस्तानबीचको खेल शुरु भएको छ ।

इङ्ल्यान्डको म्यान्चेस्टरमा भएको यस प्रतिस्पर्धामा पाकिस्तानले टस जिती पहिले क्षेत्ररक्षण रोजेको छ ।  भारतले ३ ओभरसम्मको खेलमा बिनाकुनै क्षति ११ रन बनाएको छ ।

भारतका रोहित शर्मा र केएल राहुलले व्याटिङ प्रारम्भ गरेका छन् ।  भारतीय टिममा कप्तान विराट कोहली, रोहित शर्मा, केएल राहुल, विजय शंकर, केदार जादव, एमएस धोनी, हार्दिक पान्ड्या, विनय कुमार, कुलदिप यादव, वाइएस चहल, जसप्रित बुहराह रहेका छन् ।

यसैगरी सरफराज अहमदको कप्तानीमा रहेको पाकिस्तानी टोलीमा फखार जमान, इमाम अल हक, बाबर आजम, मोहम्मद हाफिज, शोएब मल्लिक, इमाद वासिम, शादब खान, हसन अलि, वाहब रियाज र मोहमद आमिर रहेका छन् ।