साहित्य

‘मनिराज वाङ्मय पुरस्कार २०७५‘ साहित्यकार सुवेदीलाई

धनगढी । साहित्यकार मनिराज जोशीको नाममा स्थापना गरिएको ‘मनिराज वाङ्मय पुरस्कार २०७५‘यस वर्ष विराटनगरका साहित्यकार दधिराज सुवेदीलाई प्रदान गरिने भएको छ । कैलालीस्थित नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार पदमराज जोशीले सो जानकारी दिएका हुन् ।

साहित्यकार सुवेदीले लामो समयदेखि नेपाली भाषा साहित्यको श्रीवृद्धिमा समर्पित रही नेपाली वाङ्मय क्षेत्रको उन्नयनमा योगदान पु¥याउनुभएकाले रु एक लाख राशिको सो पुरस्कार दिन लागिएको हो । गत वर्ष सो पुरस्कार राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई प्रदान गरिएको थियो । पुरस्कृत व्यक्तित्व छनोटका लागि भाषा विज्ञ एवं साहित्यकार डिल्लीराज फुलाराको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । धनगढी निवासी साहित्यकार एवं महाकाव्यकार जोशीको नाममा उहाँका छोरा गोविन्दराज जोशीले दुई वर्षअघि उक्त पुरस्कार स्थापना गरेका थिए ।