समाचार

नेपाली कांग्रेसले प्रधानमन्त्रीका राम्रा कामका लागि सधै साथ दिन्छ- विश्वपकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वपकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक बोल्नु भन्दा चुपचाप लागेर आफ्नो काम गर्नु राम्रो हुने बताएका छन् । उनले एक अन्तरवार्तामा बोल्दै उक्त कुरा बताएका हुन् ।

वर्तमान सरकार इतिहासकै सुन्दर घडीमा भएको प्रवक्ता शर्माले बताएका छन् । दूई तिहाईको सरकार र मित्रवत प्रतिपक्षको साथसयोगले गर्दा प्रधानमन्त्रीसँग इतिहास रञ्चका लागि सबै अनुकुलताहरु हुदा पनि अहिले सम्म कुनै काम नगरेको दाबी गरेका छन् । उनीले यस्तो अनुकुल समयलाई प्रधानमन्त्रीले सदुपयोग गर्नुपर्ने पनि बताएका छन् ।

विदेशी नेताहरुले राम्रो या नराम्रो जे बाले पनि त्यसको सिको नगरी अरु देशका नेताहरुका लागि प्रधानमन्त्रीले उदाहरणीय भएर देखाउन सक्नुपर्ने उनको भनाइ रहेको छ । सरकारका उदारणीय कामका लागि नेपाली कांग्रेस जहिले पनि सयोग गर्न तयार रहेको उनले बताएका छन् ।