राजनीति

गुठी बिधेयकका भूलबस भएका गल्ती सरकारले सच्याउछः प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो आठ दिने युरोप भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । बिमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वानगत गर्न उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोख्रेल, सभामुख सुवास नेम्वागं, नेता बामदेम गौतम लगायत पुगेका थिए ।

प्रधानमन्त्री ओलीले बिमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी बिधेयकमा भूलबस भएका कमजोरीहरु सच्याउदै संसोधन गर्न सरकार तयार रहेको बताए । गुठी बिधेयकको बिरोधमा काठमाण्डौका नेवार समुदाय लगायत देशभर आन्दोलित छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उनीहरुलाई बलियो साथ दिएको छ । यसैबेला सरकारल एक पाईला पछाडि हटेर गुठी बिधेयक परिमार्जन गर्ने संकेत प्रधानमन्त्री ओलीको उक्र अभिब्यक्तीले देखाउने राजनीतिकबृतमा चर्चा चल्न थालेको छ।