राजनीति

जबरजस्ती संसदबाट बिधेयक पास गर्न खोजे काँग्रेसले सडक र सदनबाट प्रतिकार गर्छः डा कोईराला

बनेपा । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संविधानसँग बाझिने गरी ल्याइएको गुठीसम्बन्धी बिधेयक तत्कालै फिर्ता हुनुपर्ने बताएका छन् ।

काभ्रेको बनेपामा आज आयोजित कार्यक्रममा डा.कोइरालाले गुठी विधेयकलाई जबर्जस्ती संसदबाट पारित गराउँन खोजिए कांग्रेसले संसद र सडकबाट सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

उनले जनबिरोधी गुठी विधेयक र मिडिया विधेयक तत्कालै फिर्ता नलिए कम्युनिस्ट सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताए ।

नेपाली कांग्रेसका नेता डा.कोइरालाले सरोकारवालासँग छलफल बिना नै गुठीको सम्पत्ती हरण गर्ने मनसायले गठी विधेयक ल्याएर कम्युनिष्ट सरकारले धर्म, संस्कृति, र जनताको आस्थामाथि आक्रमण गरेको बताए ।

गुठी विधेयकको आडमा कम्युनिस्ट सरकारले जातीय द्वन्द्व निम्त्याउन खोजेको डा।कोइरालाले बताए ।

‘भू–माफिया, मन्त्रीहरू र कर्मचारीको मिलेमतोमा गुठी बिधेयक ल्याइएको छ’, नेपाली कांग्रेसका नेता डा.कोइरालाले भने, ‘यदि यो गुठी बिधेयक संसदबाट पास भयो भने नेपाल भन्ने शब्द मात्रै रहन्छ ।’

उनले भने, ‘धर्म, संस्कृति, परम्परा र मौलिकता सबै समाप्त हुन्छ ।’

‘गुठी बिधेयक कुनै पनि हालतमा पास हुन दिँदैनौं’, उनले भने, ‘सरकारलाई यति मात्र भन्छु । बिनास काले विपरित बुद्धि ।’

नेता डा।कोइरालाले गुठी, धर्म, संस्कृति, पुरातात्विक सम्पदा र आस्थाको धरोहर भएको बताए ।

काभ्रे कांग्रेसका सभापति मधु आचार्य, पूर्व राज्यमन्त्री कञ्चन बादे, पूर्व सांसदहरू तीर्थ लामा र हर्षजित लामा, क्षेत्रीय सभापतिहरू महेश खरेल र रमेश हुमागाइँ, प्रदेश सभा उमेदवारहरू गणेश लामा र सीवी लामा लगायतले सरकार बर्बर निरंकुशतातर्फ अगाडि बढेको बताएका थिए ।