मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)। सोमबार बिहानसम्मको समय मध्ययम रहेकोले न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदि बहिनि सँग सानो सानो कुरामा बिवाद सिर्जना हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । सोमबार दिउसोबाट समय राम्रो रहेकोले लामो समयदेखि रोकिएका कामहरु बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानि हुनेछ । आफन्त तथा जीवन साथिको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरि नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्बाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागि लामो दुरिको यात्रा हुनेछ । व्यापारबाट मनग्गे आम्दानि गर्न सकिनेछ भने घरायरि सुख सुबिधा भरपुर मात्रामा प्रयोग गर्न पाईनेछ ।

-ज्योतिष दुर्गा भण्डारी
बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)। बुधबार साझसम्मको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडिहरुले आजको दिन नजिक नहुदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यावसायमा आम्दानि नहुदा दैनिकी प्रभावित हुनेछ । दिदि बहिनिहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथिभाईहरु तपाईदेखि ढाढिन सक्छन् । बुधबार साझबाट समय राम्रो रहेकोले कल्याणकारि तथा तारिफयोग्ग काम गरि चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिरतिरको यात्रा हुनेछ । दाजुभाई तथा जीवन साथि सँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना बिचारहरु मनमानसमा लैजान सकिनेछ ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)। मायाप्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सहज मार्गमा बित्नेछ । आर्थिक स्थिति मजभुत हुने तथा व्यापार व्यावासायमा मनग्गे आम्दानि हुनेछ । लामो दुरिको मनोरञ्जानात्मक यात्राको तय गरि भरपुर रमाउन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो प्रगति हुने हुदा मन प्रशन्न रहनेछ । भौतिक बस्तु तथा विलाशि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । बिहिबारबाट समय मध्ययम रहेकोले आफन्त तथा चेलि माईति बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)। साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफ्नै बलबुताले व्यापार व्यावसायमा लागनि गरिन मनग्गे धन सम्पति संग्रह गर्न सकिनेछ । बिगतका कमजोरिहरुलाई सुधार गर्दै सफलताको मार्गमा पढाई बढ्न सकिनेछ । लेखाईमा भनेजस्तो सफलता हात पार्न सकिने हुदा आफन्त तथा साथीभाईहरुबाट बधाईको ओईरो आउनेछ । भौतक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशी बस्तुको उपयोग मार्फत अरुको मन आफुनिर तान्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । सोमबार दिउसोबाट बुधबार साझसम्मको समय मध्ययम रहेकोले राजनीति तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईको प्रतिष्पर्धिको रुपमा अरुनै देखा पर्नेछन् । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैया पैसा नआउने तथा आफन्तलाई दिएको रुपैया पैसाले सत्रुता बढाउनेछ । धन सम्पति हराउने तथा चोरि हुने हुनाले यात्रा गर्दा ख्याल गर्नुहोला ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)। सोमबार बिहानसम्मको समय मध्ययम रहेकोले घरायसि समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमा सँग टाडिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाईने छैन । कृषि तथा सहकारि व्यावासायमा भने मनग्गे आम्दानि हुने योग रहेकोछ । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सोमबार दिउसोबाट सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । व्यापार व्यावसायमा लगानि गरि सोचेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसि हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ ।
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)। साताको सुरु र अन्तको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरि गन्तव्य भेटाउँन सकिनेछ । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुने ग्रहयोग रहेकोछ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । बंश बृद्धिको गतिलो योग रहेकोछ । सोमबार दिउसोबाट बुधबार साझसम्मको समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा सहभागि हुँनेहरुले जनतासँग सन्तुलित व्यबहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाति सम्बन्धि समस्या आउँने तथा खर्च बढ्ने योग रहेकोछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)। महत्वकांक्षी योजनाहरु सार्वजनिक गरि आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । लेखन कलाको बिकास हुनेछ भने लेखेरै नाम कमाउन सकिनेछ । दाजुभाई तथा बन्धुबान्धबको सहयोगले राम्रा काम गर्न सकिनेछ । छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । माया प्रेमको ठोरो कसिलो भएर जानेछ भने जीवन साथिको भरपुर सहयोग पाईनेछ । गित संगितको क्षेत्रमा समय लगानि गर्नेहरुले राम्रो नाम तथा दाम कमाउँन सक्नेछन् । बिहिबारबाट समय मध्ययम रहेकोले सानातिना काममा अल्झनुपर्दा आफ्ना योजना समयमा सम्पादन नहुन सक्छन्। आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ। चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सफलता भने न्यून मात्र हातलागी हुनेछ।
बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)। समय राम्रो रहेकोले पढाई लेखाईमा राम्रो प्रगति गरि सफलताको मार्गमा अगाडि बढ्न सकिनेछ । व्यावसायबाट मनग्गे फाईदा हुनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउँनेछ । आम्दानिका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक कामगर्दै नाम कमाउँन सकिनेछ । नौलो प्रकृतिको काम गरि आयस्रोतमा बृद्धि गर्न सकिनेछ । बिभिन्न किसिममा भौतिक लाभ हुनेछ भने सवारि साधन प्राप्तिको योग रहेको छ । कलाकारित तथा संगित पेशा व्यावसायमा समय लगानि गर्नेहरुले प्रसस्त रुपैया पैसा कमाउँने ग्रहयोग रहेकोछ । साताको अन्तमा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । दाजुभाईको सहयोगले राम्रा तथा उपलब्धिमुलक काम गर्न सकिनेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)। सोमबार बिहानसम्मको समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । सोमबा। दिउसोबाट क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउँन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ । परिवारका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त भएपनि खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या देखापर्न सक्छ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउँन सहज हुनेछ । व्यावसाय फस्टाएर भने लगानिको नयाँ बाताबरण बन्नेछ भने आम्दानिमा बढोत्तरिको योग रहेकोछ ।
मकर(भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)। साताको सुरु र अन्तको समय राम्रो रहेकोले भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुने योग रहेकोछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुने हुँदा पढाई लेखाईमा मन जानेछ । बौद्धिकता प्रयोग गरि समाजमा राम्रा काम गरेर देखाउँन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सोमबार दिउसोबाट बुधबार साझसम्मको समय मध्ययम रहेकोले अवसरको खोजिमा दौडधुप गर्नुपर्ने समय रहेपनि नतिजा भने न्यून हात पर्नेछ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) । बिशिष्ट व्याक्तिहरुको बिचारले प्रभावित बनाउनेछ । सामाजिक कामका बिशेष रुचि बढ्नेछ भने राजनिति तथा समासेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । तरल पदार्थ तथा हाईड्रो पावरको लगानि फस्टाएर जानेछ । शिक्षा सँग सम्बन्धित कामबाट मनग्गे आम्दानि गर्न सकिनेछ । प्रणय सम्बन्धमा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई परिमार्जन गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । बिहिबारबाट समय मध्ययम रहेकोले आफन्त तथा अग्रजहरु सँग विवाद सिर्जन हुनेछ । गैर न्ययिक काम नगर्नुहोला दण्ड तथा जरिवाना हुने समय रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । तरपनि बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने कर्म प्राप्तीको लागि लामो दुरिको बिदेश यात्रा हुनेछ ।
मीन(दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) । साताको सुरु र अन्तको समय राम्रो रहेकोले मान सम्मान तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ भने आर्थिक अवस्था भनेजस्तो हुनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । सोमबार दिउसोबाट बुधबार साझसम्मको समय मध्ययम रहेकोले प्राकृतिक स्रोत तथा पैत्रिक धन सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला समाजमा बिवाद हुने योग रहेकोछ । कार्य क्षेत्रमा अरुको नकारात्मक टिका टिप्पणिले समस्या पैदा हुनेछ भने खुट्टा तान्नेहरु हावि हुनेछन् । व्यापारमा मन्दि आउनेछ भने नोकरिमा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ ।
तपाईको दिन शुभ रहोस ।