समाचार

९० वर्षीया कमलादेवीको निधनमा सभापति देउवाद्वारा दुःख ब्यक्त

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आनन्द बिष्टकी आमाको निधनमा श्रद्धान्जली ब्यक्त गरेका छन् । केन्द्रीय कार्यसमितिका आमन्त्रित सदस्य एवं नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टको ममतामयी माता ९० वर्षीया कमलादेवी विष्टको कैलालीको धनगढी स्थित आफ्नै निवासमा जेठ २८ गते निधन भएको हो  । स्वर्गीय विष्ट नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सहभागी हुनु भएको थियो ।

सभापति देउवाले उहाँको आत्माको चिर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिका तर्फबाट आमन्त्रित सदस्य आनन्द विष्ट लगायत सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका हुन् ।

उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, उहाँको आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गसभापति देउवाले गरेका छन् ।