राजनीति

जब सयौंका संख्याले मन्दिर भन्दै भुईमा ढोगेर कोइराला निवास प्रवेस गरे, स्तब्ध बन्यो माहोल

बिराटनगर । बिराटनगरस्थित कोइराला निवासबाट सरकारले एकाएक नियोजित रुपमा सुरक्षाकर्मी हटाएपछि देशैभरका कांग्रेसीहरु आक्रोसित बनिरहेको वेला सयौंको संख्याका कांग्रेसीहरु बिराटनगरको कोइराला निवास पुगेका छन्। काठमाडौको सुन्दरीजलमा रहेको बिपि संग्रालयका अध्यक्ष परशुराम पोख्रेलको नेतृत्वमा करिब २ सय संख्याको समूह बिराटनगर पुगेको हो।

कोइराला निवासलाई मन्दिरको स्वरूप सम्झदै टाउको भूँइमा राखी दर्शन गरेर निवास प्रबेश गरेको घटनाले उपस्थित सबैलाई स्तब्ध बनाएको कांग्रेस मोरङको सभापती डिग बहादुर लिम्बुले बताए।

मुस्लिमहरुको मक्का–मदिना र हिन्दुहरुको पशुपतीनाथ जस्तै पबित्र भुमीका रुपमा लिन्छन, कोइराला निवासलाई देश भरका कांग्रेसजनहरु।

समुहलाई निवासका सहयोगी शुभनारायण राय, मोरङ् कांग्रेसका सभापती डिगबहादुर लिम्बु, सचिब मोदराज घिमिरे, बिराटनगर महानगरका मेयर भिम पराजुली, कांग्रेस नेतृ रुक्मणी कोइराला, ट्रेड युनियन कांग्रेसका नेता नारायणबाबु कार्की, प्रदेससभा सदस्यहरु–लोकप्रसाद संग्रौला र शिवनारायण सिंह, बिराटनगरका स्थानिय संचारकर्मीहरु लगायतले स्वागत गरेका थिए।

समूहले शुक्रवार दिउसो कोइराला निवास दण्डवत गरेरै प्रवेश गरे । यती ठूलो संख्यामा कार्यकर्ताले निवासको भुइमा दण्डवत गरेर एकै पटक कोइराला निवास प्रबेश गरेको यो पहिलो घटना हो । यो घटनाले कोइराला निवासको गरिमा र महत्व अझ उचाईमा पुगेको छ ।

पोखरेलले, वीपी र गिरिजा प्रसाद कोइरालाको विचार र आर्दशलाई मेची देखी महाकालीसम्म एउटै मालामा गोलबन्द गर्न यो अभियान सुरू गरेको बताए । पहिलो चरणमा कोइराला परिवारको पुर्खौली थलो सिन्धुलीको दुम्जाको भ्रमण सकेर विराटनगर आएको उनले जानकारी दिए । दोस्रो चरणमा गाणतन्त्रात्मक संविद्यान जारी गर्ने पूर्व प्रधानमन्त्री सुशील कोइरालको कर्म थलो नेपालगञ्ज र पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको गृह जिल्ला डडेलधुरा भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ उनले भने ।

सहभागीहरुले कोइराला निवासबाट संघीय सरकारले सुरक्षाकर्मी हटाउनु दुःखद घटना भएको बताउॅदै सरकारले बिपी र गिरिजा प्रसाद माथी अपमान गरेको टिप्पणी गरे ।

पञ्चायतकालमा काग्रेसको सुराकी लिनकै लागि भएपनि निवासमा सुरक्षाकर्मी राखिएको स्मरण गर्दै गणतन्त्र आएपछि हठाहत फिर्ता बोलाउनु पञ्चायत भन्दा नेकपाको सरकार निरंकुश भएको टिप्पणी गरे । यस बिषयमा ध्यानआर्कषण गराउन प्रदेशका आन्तरिक मामीलामन्त्री हिक्मत कार्कीलाई ज्ञापन पत्र बुझाउने उनले बताए । भारतको फारविसगन्ज कांग्रेसले गरेको विमान अपरण घटनास्थल अवलोकन गर्न टोली शुक्रवारनै त्यसतर्फ प्रस्थान गरेको छ । विमान अपरणका कमान्डर बसन्त भट्टराई फारविसगन्ज सँगै गएका छन् ।
पञ्चायत विरूद्धको आन्दोलनको क्रममा वीपी कोइरालाले ८ बर्ष सुन्दरीजलमा कष्टकर जेल जीवन विताएका थिए । सोही स्मरणमा सुन्दरीजलको माटो र संग्राहलयको तस्विर कोइराला निवासलाई हस्तान्तरण गरियो । संग्राहलयका अध्यक्ष पोखरेलले मोरङ कांग्रेसका सभापति डीगबहादुर लिम्बू र निवासकी सहयोगी पाना उरॉवलाई माटो र तस्विर हस्तान्तरण गरे ।

कांग्रेस सभापति लिम्बूले कोइराला निवास प्रजातन्त्रबादीहरूको आस्थाको धरोहर भएको बताउदै निवासले कांग्रेसलाई संस्कारको पाठ सिकाएको बताए । कोइराला निवासले उठाएको मुद्धालाई समाजमा रूपान्तरण गर्न सके कांग्रेस थप बलियो बन्ने धारणा राखे ।