पु.समाचार

बजार अनुगमनः अधिकांश मासु पसल मापदण्ड विपरित

भक्तपुर । भक्तपुर नगरपालिका पसल अनुगमन समितिले आज गरेको मासु पसल अनुगमनमा अधिकांश मासु पसल मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ ।

समितिको संयोजक राजकृष्ण गोराको संयोजकत्वमा देकोचा, कमलविनायक र च्याम्हासिंहमा सञ्चालित अनुगमनमा अधिकांश मासु पसल नियमविपरित सञ्चालनमा रहेको पाइएको छ ।

महालक्ष्मी मिट शप, विकेश मिट शप, कमलबहादुर शाहीको राँगाको मासु पसल, न्यू सुभाना कोल्ड स्टोर, ग्लोबल कोल्ड स्टोर, भक्तपुर कोल्ड स्टोर, च्याम्हासिंह फ्रेस मिट शप, तुल्सीनारायण शाहीको रागाँको मासु पसल, च्याम्हासिंह मिट शपलगायतमा अनुगमन गर्दा मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको हो ।

अधिकांश मासु पसल दर्ताबिना नै सञ्चालनमा रहेको, दर्ता भएकाहरु पनि नवीकरण नगरेको, अधिकांश मासु पसल फोहर र दुर्गन्धित रहेको, ढक तराजू व्यवस्थित नगरेको, कुहिएको मासु विक्रीमा राखेको, मूल्यसूची नराखेको पाइएको वरिष्ठ निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।