आर्थिक

प्रभु बैंकको नयाँ शाखा कार्यालय कैलाली जिल्लाको टिकापुरमा

काठमाडौँ । प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका शुक्रबारदेखि कैलाली जिल्ला टिकापुर न.पा. वडा नं.१ स्थित टिकापुरमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको छ । उक्तशाखाको टिकापुर न.पा.कानगर प्रमुख टपेन्द्र बहादुर रावलले उद्घाटन गरेका थिए ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ कैलालीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी टिकापुर न.पा.कानगर प्रमुख टपेन्द्र बहादुर रावलले उद्घाटन मन्तव्य राख्ने क्रममाप्रभु बैंकले देशका विभिनन ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस टिकापुर शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्न ेभएको बताए ।

टिकापुर शाखासमेत गरी बंैकलेहाल सम्म १८४ वटा शाखा, १४६ वटा ब्त्ः र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ । आज देखि सञ्चालनमा आएको बैंकको टिकापुर शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।