समाचार

‘वाग्मती नदीमा निर्माणाधीन पुलको फाउण्डेशनमा त्रुटि देखियो’

काठमाडौँ । निर्माण कम्पनीको गैरजिम्मेवारीका कारण तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको तीनवटा फाउण्डेशनमा गम्भीर त्रुटि देखिएको छ । सो पुलको लम्बाइ ८६ र चौडाइ १७ मिटर रहेको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई हाल पुलको निर्माण रोक्न निर्देशनसमेत दिएको छ ।

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिका सदस्यले हालै सो पुलको स्थलगत अध्ययन गर्दा पुलको तीनवटा फाउण्डेशनमध्ये दुईवटा क्या¥याक देखिएको समितिको आजको बैठकमा जानकारी दिइयो ।

समितिको बैठकले पुलको नक्सामा पुनरवलोकन गरी काम अगाडि बढाउन सरकारलाई निर्देशनसमेत दिएको छ । समितिका सभापति कल्याणीकुमारी खड्काले पुलको स्थलगत अध्ययन गर्दा फाउण्डेशनमा क्या¥याक देखिएकाले तत्काल पुलको नक्सालाई पुनरवलोकन गरी काम अगाडि बढाउन आवश्यक रहेको बताए ।

त्रिभुवन विश्वविद्यालय, इञ्जिनीयरिङ अध्ययन संस्थानलाई पुलको पुनः नक्साङ्कन गर्न पठाइएको छ । बैठकमा समितिका सदस्य गणेश पहाडीले छिटो पुलको निर्माण कार्य अगाडि बढाउन आग्रह गरे । अर्का सदस्य जीपछिरिङ शेर्पाले रातको समयमा पनि सरकारी प्राविधिक विकास निर्माणस्थलमा अनुगमनका लागि अनिवार्य रहनुपर्छ भने ।

आजको बैठकमा समितिको आव २०७५/७६ को वार्षिक प्रतिवेदनको मस्यौदा पेश हुनाका साथै, सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा गठित उपसमितिले आफ्नो प्रतिवेदन समितिसमक्ष प्रस्तुत ग¥यो । समितिका सदस्य बीनाकुमारी श्रेष्ठको संयोजकत्वमा उपसमितिका गठन भएको थियो ।