उर्जा

इन्धन खर्चको रकम बालबालिकालाई

बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूले प्राप्त गरेको यातायात इन्धन खर्चबापतको रकम टुहुरा तथा अपाङ्गता भएका विद्यार्थी बालबालिकालाई वितरण गरेका छन् ।

उनले गाउँपालिकाको शिक्षा शाखामार्फत गाउँपालिकाभित्र रहेको विद्यालयहरुमा अध्ययनरत सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत अपाङ्गता र टुहुरा विद्यार्थीहरुको विवरण सङ्कलन गरी प्राप्त विवरणका आधारमा सो कार्य थालनी गरेका हुन्।

सो क्रममा १४ विद्यालयका ४८ जना विद्यार्थीलाई सम्बन्धित विद्यालयमा नै पुगेर रकम वितरण गर्दै आउनुभएको छ । बाँकी रहेका केही विद्यालयका विद्यार्थीहरुलाई छिट्टै वितरण गर्ने उनले बताए । “गाउँकार्यपालिकाले मेरो लागि इन्धन खर्च भनेर २०७५ सालमा महिनाको रु २५ हजारका दरले तीन लाख छुट्याइएको थियो”, उनले भने, “उक्त रकम गाउँपालिकामा रहेको अपाङ्गता तथा बाबुआमा नभएको टुहुरा छात्र÷छात्रालाई प्रतिव्यक्ति ६ हजार २५० का दरले आफैँ सम्बन्धित विद्यालयमा पुगेर वितरण गरेकी छु ।”

विवरण सङ्कलनका क्रममा २६६ जनाको विवरण प्राप्त भएको र त्यसमा पनि प्राथमिकताका आधारमा छनोट गर्दा ४८ जनाको विवरण लिएर रकम वितरण गर्दै आएको बर्तौलाले बताए ।