सुदूरपश्चिम

धार्मिक महोत्सवबाट १२ लाख सङ्कलन

बैतडी । क्याम्पसको सर्वाङ्गीण विकासका लागि बैतडीको दोगडाकेदार गाउँपालिका–३ खोचलेकस्थित श्रीकोट बहुमुखी क्याम्पसले सञ्चालन गरेको शैक्षिक तथा धार्मिक महा–महोत्सव सम्पन्न भएको छ ।

उक्त महोत्सवबाट रु १२ लाख ४२ हजार १६८ सङ्कलन भएको श्रीकोट बहुमुखी क्याम्पसका प्रमुख दान सिंह कार्कीले जानकारी दिए। सङ्कलित रकम धार्मिक महोत्सवमा व्यवस्थापनमा लागेको खर्च कटाएर बाँकी रकम क्याम्पसको पूर्वाधार विकासमा खर्च गरिने उहाँले बताउनुभयो । महोत्सवमा स्वयं क्याम्पस प्रमुख कार्कीले सबैभन्दा बढी रु एक लाख २१ हजार १२१ दान गरेका थिए ।

जेठ २२ गतेदेखि शुरु भएको धार्मिक महोत्सव बिहीबार सम्पन्न भएको हो । २०६९ सालमा स्थापना भएको श्रीकोट बहुमुखी क्याम्पसमा स्नातकोत्तरसम्मको पढाइ हुँदै आएको छ । ग्रामीण क्षेत्रमा पहिलोपटक स्तातकोत्तरसम्मको पढाइ सञ्चालन गर्ने उक्त क्याम्पस बैतडी जिल्लामै पहिलो क्याम्पस हो ।