सूचना प्रविधि

एनसेल फोरजीमा अब डबल डेटा

काठमाडौ । एनसेल प्राईभेटले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजालिन सक्नेछन् । यो योजना अन्तर्गत एनसेलका ग्राहकले सातदिन र तीस दिन समयसिमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डेटा भोलुम प्राप्तगर्न सक्नेछन् ।

यो अफर यहि जेठ ३० गते (बिहिबार) देखि लागु भएको छ । देशको १,००० भन्दा बढि स्थानमा फोरजी सेवा विस्तार गरिएको घोषणा गरेको दुई साताभित्रै एनसेलले अझ सुलभ दरमा आधुनिक मोबाइल कनेक्टिभिटि सुनिश्चितगर्दै फारेजी डेटा बोनसको योजना ल्याएको हो ।

यो योजना अन्तर्गत सातदिन समयसिमा भएको ५०० एमबी डेटा र तीस दिन समयसिमा भएको ३ जिबी डेटाको खरिदमा ग्राहकले त्यत्तिनै भोलुम बराबरको फोरजी डेटा बोनस स्वरुपपाउनेछन् । जस्तै यदिग्राहकले तीस दिन समयसिमा भएको ३ जिबी डेटा कर सहितरु ४५३.३० माखरिद गरेमा बोनस स्वरुपथप ३ जिबीफोरजी डेटापाउनेछन् । यो अफरमाग्राहकले ३ जिबी डेटाकै शुल्कमा ६ जिबी डेटाको मजालिन सक्नेछन् ।

त्यसैगरी, एनसेलका ग्राहकले सातदिन समयसिमा भएको ५०० एमबीप्याकको खरिदमा ५०० एमबीनै फोरजी डेटा बोनस बापतप्राप्तगर्न सक्नेछन् । एनसेलकाग्राहकले ५०० एमबीप्याककर सहितरु ९५ं.७७मा सुचारु गर्न सक्छन् । यो अफरसँगै ग्राहकले ५०० एमबी डेटाको शुल्कमा १००० एमबी डेटाको फाइदा लिन सक्नेछन् ।

यस योजनाअन्तर्गत बोनसको लाभलिनकालागि ग्राहकसँग फोरजी सपोर्टगर्ने ह्याण्डसेट, यु सिम र फोरजी नेटवर्कमा पहँुच हुनुपर्छ । सातदिन वा तीस दिन समयसिमा भएको डेटा भोलुमटुजी, थ्रिजी वा फोरजी कुनै पनि नेटवर्कमा चलाउन सकिनेछ भने बोनस डेटा फोरजी नेटवर्कमामात्र चलाउन सकिनेछ । एनसेलले आफ्नो फोरजी सेवा देशका १,००० भन्दा बढि स्थानहरुमा विस्तार गरिसकेको छ ।

एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको सातदिन वा तीस दिनको गज्जबको डेटा प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकले एसएमएसबाट पनि यो प्याक सुचारु गर्न सक्नेछन् । सातदिनको प्याक सुचारु गर्न ७५ टाइप गरि १७१२३ मा एसएमएस पठाउन सक्नेछन् भने ३५५ टाइप गरि १७१२३ माएसएमएस पठाइ तीस दिनको प्याक सुचारु गर्न सक्नेछन् ।

ग्राहकहरुलाई नेपालकै सबै भन्दाठूलो फोरजी नेटवर्कको पहँुचबाट लाभ प्रदानगर्न यो बोनस योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । एनसेलको फोरजी नेटवर्कले सरकारको डिजिटल नेपाल फ्रेमवर्क र ब्रोडव्याण्ड पुर्वाधार तथा उच्चगतिको इन्टरनेट सेवामा पहुँच वृद्धि गर्न केन्द्रित राष्ट्रिय ब्रोडव्याण्ड नीतिको कार्यान्वयनमा योगदान गर्नेछ ।