अन्तर्राष्ट्रिय

अल्जेरियाका पूर्व प्रधानमन्त्री सेल्लाल भ्रष्टाचार आरोपमा पक्राउ

अल्जेरिया । अल्जेरियाको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री अब्देलमालेक सेल्लाललाई पक्राउ गर्न दिएको आदेशपछि प्रहरी नियन्त्रणमा छ ।

भ्रष्टाचारको अभियोगमा उनलाई पक्राउ गर्न बिहीबार आदेश दिइएको देशको राज्यद्वारा सञ्चालित इएन टेलिभिजनले जनाएको छ ।

उनलाई पद र शक्तिको दुरुपयोग गरेको, सार्वजनिक कोषको रकम खर्च गरेको, व्यापारीहरुसँग फाइदा लिएको लगायतका अभियोगहरू लगाइएको छ ।

भ्रष्टाचारको अभियोगमा पक्राउ पर्नेमा उनी दोस्रो शीर्ष नेता हुन् । यसअघि अर्का पूर्व प्रधानमन्त्री अहमद औयाहियालाई पनि भ्रष्टाचार गरेको अभियोगमा पक्राउ गरिएको थियो ।

अल्जेरियामा पछिल्लो समयमा भ्रष्टाचार विरोधी अभियान सशक्तरूपमा अगाडि बढेको र अभियानकै प्रभाव स्वरूप विशिष्ट व्यक्तिहरूलाई पनि पक्राउ गरिएको बताइएको छ ।