आर्थिक

प्रभु बैंकको नयाँ शाखा कार्यालय अत्तरियामा

काठमाण्डौ । प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ आजदेखि कैलालीजिल्ला गोदावरी न.पा. वडा नं.१ स्थित अत्तरियामा शाखाकार्यालय खोली कारोवार संचालनमा ल्याएको छ । उक्तशाखाको गोदावरी न.पा.कानगर प्रमुख हरि सिंह साउदले उद्घाटन गरेका थिए ।

शाखाकार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिकदलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघकैलालीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीयव्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेकोथियो । कार्यक्रमका प्रमुख अतिथी गोदावरी न.पा.कानगर प्रमुख हरि सिंह साउदले उद्घाटन मन्तव्य राख्ने क्रममाप्रभु बैंकले देशकाविभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवाविस्तार गरेकोमा खुशी प्रकट गर्दै यस अत्तरिया शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथाआम सर्वसाधारणलाईसरल सहज रुपमाप्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवाउपभोग गर्ने अवसर मिलेको बताए ।

आजदेखि सञ्चालनमा आएको बैंकको अत्तरिया शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।