आर्थिक

कामना सेवाको बुधवारेमा एकैदिन शाखा सञ्चालन

काठमाण्डौ । कामना सेवा विकास बैंकले क्रमिक रुपमा आफ्नो सेवा विस्तारगर्ने क्रममाप्रदेश नं. १ को झापा जिल्लाको कमल गाउँपालिका ५, पाडाजुङ्गी र बुद्धशान्ति गाउँपालिका १, बुधवारेमा  आज आफ्नो ८८औंर ८९औशाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ भएको हो।

सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले शाखा समेत गरि प्रदेश नं. १ मा ९ शाखा पुगेको र थप शाखाहरु पनिशीघ्र सञ्चालनमाआउने बताउँदै देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्रपूर्व नेपालमा शाखा विस्तारले व्यापार प्रवर्धनमा पनिगतिमिल्ने बैंकले विश्वास लिएको बताउनु भयो । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा शाखा सहित ८९ वटा शाखा कार्यालय त्था ४० वटा एटिएम् मार्फत आफनाग्राहकहरुलाई सेवाप्रदानगर्ने भएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking V5, C-ASBA,लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्नासेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।