आर्थिक

महालक्ष्मी विकास बैंकको नयाँ शाखा कार्यालय मानवलपुरमा

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रम मानवलपुर जिल्ला, कावासोती नगरपालिकावडा नं ८, स्थित कावासोती शाखा कार्यालयको बिहवार औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । उक्त शाखाको समुद् घाटन प्रमुख अतिथि कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रकुमारी पुनले दीप प्रज्वलनका साथ गरेका थिए ।

कार्यक्रमकै क्रममा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताएका थिए । यस बैंकले ग्राहकहितलाई मध्यनजर गर्दै वचत परिचालन योजना कार्यन्वयन अन्तर्गत उत्पादन मूलक क्षेत्रमा लगानी गर्दै आइरहेको जानकारी दिएका थिए । यसका अतिरिक्त बैंकले शाखा खोलिएका क्षेत्रमा सामाजिकहितका कार्य पनि निरन्तर रुपमा गर्दै आइरहेको र आगामी दिनमा अझ प्रभावकारी कार्यहरु गर्ने प्रतिबद्धता जनाएका थिए ।

विशेषतः वहाँले सो क्षेत्रमा महिला साक्षरता अन्तर्गतका कार्यक्रममा बैंकले पर्याप्त सहयोग गर्ने जनाएका थिए ।  देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानमा ९६ वटा शाखा तथा ३५ वटा एटिएममार्फत सेवाप्रदान गरि रहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ४ लाख ५० हजार भन्दाबढी रहेको छ ।