आर्थिक

गरिमा विकास बैंकको हेम्जा शाखा कार्यालयको औपचारिक उद्घाटन

काठमाडौँ । गरिमा विकास बैंकले बूधबार पोखरा महानगरपालिका वार्ड नं. २५ मा स्थापित हेम्जा शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देश कडा.डिल्लीराम पोखरेल र पोखरा महानगरपालिका वार्ड नं. २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संस्था सक्षम र अब्बल बन्नको लागि उत्कृष्ट सेवा प्रवाह संगसंगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने हुंदा विकास बैंकले सेवा प्रवाह संगसंगै संस्थागत सुशासनमा समेत सदैव महत्व दिईरहेको बताए । त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले ग्राहकहरुको चाहना र आवश्यकतामा भएको परिवर्तन संगसंगै आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेकोे जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका वार्ड नं. २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिना, विकास बैंकका सञ्चालक डा. आनन्द प्रसाद श्रेष्ठ, महिला सञ्जालकी अध्यक्ष रमा त्रिपाठी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन हेम्जा शाखाका शाखा प्रबन्धक शंकरराज सापकोटाले गरेका थिए ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यका भित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ । विकास बैंकले २०७६ जेष्ठ २८ गतेसम्ममा रु.३० अर्ब ५५ करोड निक्षेप संकलन गरी रु.२७ अर्ब ४० करोड कर्जा लगानी गरेको छ ।