आर्थिक

प्रभु बैंकको नयाँ शाखा कार्यालय कैलाली जिल्लाको गोदावरीमा

काठमाडौँ । प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बिहबारदेखि कैलाली जिल्ला गोदावरीमा स्थित अत्तरियामा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको छ । उक्त शाखाको गोदावरी न.पा.कानगर प्रमुख हरि सिंह साउदले उद्घाटन गरेका थिए ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि , विभिन्न राजनैतिक दलका प्रतिनिधी, उद्योग वाणिज्य संंघ कैलालीका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीयव्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी गोदावरी न.पा.कानगर प्रमुख हरि सिंह साउदले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवाविस्तार गरेकोमा खुशी प्रकट गर्दै यस अत्तरिया शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथाआम सर्वसाधारणलाई सरल सहज रुपमा बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको बताए ।

आजदेखि सञ्चालनमा आएको बैंकको अत्तरिया शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारण, फर्म, कम्पनी तथा संघ संस्थाले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने छन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।