मनोरञ्जन

रमेश परियारको ‘बाध्यताले विदेश पस्या छु’ बोलको मार्मीक गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय देखि क्रियासिल नाम हो रमेश परियार । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १३ ठुलोसिरुवारीमा जन्मिएर विदेशी भुमिमा कर्म थलो बनाएका गायक तथा सर्जक रमेश परियारको ‘बाध्यताले विदेश पस्या छु’ बोलको मार्मीक गीत भर्खरमात्र सार्वजनिक भएको छ ।

रमेश परियार र कविता दुलालको सुमधुर आवाज रहेको उक्त गीतमा शब्द तथा संगीत स्वयं रमेश परियारकै रहेको छ । सुन्दर लामाको एरेन्ज रहेको उक्त गीतको रेकर्ड स्वरलिपी रेकडिङ स्टुडियोमा गरिएको हो ।

गीतमा परदेशीएका नेपालीको बाध्यात्मक कथालाई मार्मिक शब्द र लयमा प्रस्तुत गरिएको छ । परदेशीएको श्रीमान विदेशमा बस्दा श्रीमतीको पीडामा हुने छट्पटाहट र गाउँमा श्रीमतीले विदेशीएको श्रीमानको अभावमा जिउनु पर्ने बाध्यात्मक अवस्थालाई गीतमा चित्रण गरिएको छ ।

आफु विदेशी भुमिमा रहेर पनि आफनो कलाकारिता यात्रालाई अहोरात्र नेपाली संगित प्रेमीको मनमा बस्न सफल गायक परियारका हाल सम्म बजारमा दुई दर्जन गीतहरु रेकर्ड भईसकेको र केही बजारमा आउनेक्रममा रहेका छन् ।

https://www.youtube.com/watch?v=Hvyn_IepWjg&authuser=0