स्वास्थ्य

अस्पतालको चरम लापरवाहीः पित्तथैलीको अप्रेशन गर्दा आन्द्रा काटीएपछि बिरामीको निधन

काठमाडौँ । ओम अस्पतालमा गएको शुक्रबार पितथैलीको अपरेशन भएकी रामप्यारी थापाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका १०- सिन्धुपाल्चोक घर भएकी रामप्यारीलाई अस्पातालले आज एक्कासि मृतक घोषण गरेको हो ।

५० वर्षिया रामप्यारी गत शुक्रबार हिनेरै अस्पतालमा उपचारका लागि आएकी थिइन । अप्रेशनपछि अस्पतालले पनि रामप्यारीको अवस्था सुधार हुँदै गएको बताएको थियो । मृतकका परिवारले भने,  ‘तर आज विहानै अस्पतालले दुःख खबर घोषण ग¥यो।’ 

अस्पतालको चरम लापरवाहीका कारण सामान्य विरामीको मृत्यु भएको मृतका परिवारले गुनासो गरेका छन् । अपरेशान गर्दा डाक्टरले राम्रो सँग ध्यान नदिएकै कारण आन्द्रा काटीएको र त्यो नटाल्दा शरीरका सबै भागहरुमा संक्रमण फैलिएर बिरामीको निधन भएको मृतकका परिवारहरुले बताएका छन् ।

रामप्यारीलाई मृतक घोषण गरेसँगै आफन्तले चरम लापरवाही भएको भन्दै ओम अस्पतालमा तोडफोडका र नाराबाजी गरेका छन् । उनीहरुले यसको उचित छानबिन हुनुपर्ने, डाक्टरले आफ्नो गल्तीलाई स्वीकार गरी माफी माग्नुपर्ने र उचित क्षेतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।