राजनीति

जागरण पूर्ण रुपमा सफलः देशभरका नेकपालगायतका ३१,६४२ जना काँग्रेस प्रवेश

काठमाण्डौ । नेपाली काँग्रेसले “हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को प्रथम चरण वैशाख २५ मा प्रारम्भ भएर जेठ २५ मा सम्पन्न भएको कार्यक्रममा देशभर दुई हजार भन्दा बढी कार्यक्रम भएको जनाएको छ। केन्द्र, प्रदेश र तथा स्थानीय तहमा आयोजना गरिएका अभियान क्रमका बैठक, भेला, आन्तरिक सभा, खुला सभा, ¥याली, विचार–वहसमा पार्टीका विभिन्न तहका साथीहरु, शुभचिन्तक, वुद्धिजीवी, व्यवसायी र कार्यक्रमको स्वरुप बमोजिम विविध र व्यापक सहभागिता रहेको र उक्र सामाजिक बनोट बमोजिम विभिन्न समुदाय, भाषा–भाषी, युवा–पाकाको व्यापक सहभागिता भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमार्फत जनाएका छन् ।

साथै अभियानलाई व्यवस्थित बनाउन ७७ जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि, जिल्ला, क्षेत्र र गाउँ नगरले आवश्यकता अनुसार खटाएका प्रतिनिधि समेत गरी सयौँ प्रतिनिधिहरु विभिन्न तहसम्म पुगेर भूमिका निर्वाह गरेकोमा सबै प्रत्यक्ष, अप्रत्यक्ष रुपमा संलग्नलाई काँग्रेसले धन्यबाद समेत दिएको छ।

काँग्रेस जागरणले प्रथम चरणको अभियानमा पन्ध्र उद्देश्य तर एक साझा अभियान, कार्यक्रमका स्वरुपहरुको छरितो प्रस्तावना, ‘हिमाल, पहाड, तराई—मधेश’ नामसँगैको भावनात्मक ऐक्यवद्धता र सुगम शहरदेखि दुर्गम गाउँसम्म कार्यक्रम, स्थानीय तहसम्म वृहतस्तरमा संवाद, विषय सम्प्रेषण र सुझाव संकलन, गणतन्त्र, संघीयता, सुशासन र समृद्धि जस्ता आम सरोकारका विषयहरुमा वौद्धिक छलफल ।
, लामो समय पश्चात नविन कार्यक्रम सन्देश भएको काँग्रेसको विचार छ ।

जागरण अभियानले नेपाली जनतामा कांग्रेसप्रति आकर्षण सरकारप्रति विकर्षण प्रदा भएको काँग्रेसको ठहर छ । नेपाली कांग्रेसमा देशभरिका कार्यक्रम मार्फत ३१६४२ ले प्रवेश गरेको प्रवक्त शर्माको दाबी छ। प्रवक्ता शर्माका अनुसार, ‘वर्तमान सरकारको अधिनायकवाद उन्मुख गतिविधिहरुले सरकारप्रति तीव्र बढाएको असन्तुष्टी जागरण अभियानका क्रममा देशव्यापी रुपमा प्रकट भएको छ । फेरी पनि नेपाली कांग्रेसले आफूलाई नविन ढंगले अघि बढाएर संविधान, संघीयता र सिंगो लोकतन्त्रको रक्षा एवं सम्वर्धनको भूमिका निर्वाह गर्नु पर्ने आम अपेक्षा देखिएको छ । सोही आशा र विश्वासको भावनाका साथ नेपाली कांग्रेसमा समाहित हुन चाहने आकांक्षा जागरण अभियान क्रममा देशव्यापी देखिएको छ । अभियान क्रममा सत्तारुढ पार्टी एवं अन्य पार्टीहरुबाट नेपाली कांग्रेसमा देशभरिका कार्यक्रम मार्फत ३१६४२ ले प्रवेश गरेका छन् । प्रवेश गर्नु हुनेमा साधारण सदस्यता देखि जिल्ला र गाउँ नगरमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहनु भएका व्यक्तित्वहरु समेत छन् । उहाँहरुलाई पार्टीले आवश्यक प्रशिक्षण पश्चात उपयुक्त जिम्मेवारी प्रदान गर्नेछ ।’

जागरण अभियानले पार्टीभित्रका कमजोरी पहिचान र आम सुझाव समेत संलन भएको पार्टीको दाबी छ । जागरण अभियानका क्रममा पार्टीलाई घरेलु जीवन र राष्ट्रिय राजनीतिको भूमिकाका सन्दर्भमा महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन् । नेपाली कांग्रेसलाई सुदृढ र नविन बढाउँदै अघि बढ्न जागरण अभियान क्रममा साथीहरुबाट औल्याइएका कमजोरीहरु आत्मसात गर्दै, तिनलाई क्रमशः निराकरण गर्दै नेपाली कांग्रेस अघि बढ्ने विश्वास शर्माले दिलाउन खोजेका छन् ।

मेरो रगत कसैको जीवन कार्यक्रम शुरु गरिएको र यही उद्घोष साथ जागरण अभियानसँगै जिल्ला सम्पर्क समितिहरुको संयोजनमा काठमाडौँमा मासिक रुपमा नियमित रक्तदान कार्यक्रम प्रारम्भ भएको दाबी छ । यस्तै जेठ २३ मा प्रथम रक्तदानमा ७३ पिण्ट रक्तदानसँगै ‘काठमाडौँका अस्पतालहरुमा रगतको अभाव हुन नदिने’ घोषणा गरिएको भन्दै असारको अन्तिम शनिबार दोस्रो रक्तदान आयोजित हुने प्रवक्ता शर्माको दाबी छ ।

दोस्रो चरणमा प्रवेश पूर्व हुनै भन्दै “हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को दोस्रो चरण पूर्व घोषणा अनुरुप भदौ २४ गते (विपी जयन्तीका दिन) प्रारम्भ भई असोज ७ गतेसम्म चल्ने काँग्रेसले जनाएको छ ।

प्रेश विज्ञप्तीः

जागरणको प्रथम चरण र आगामी कार्यक्रम बारे

आदरणीय पत्रकार साथीहरु,

“हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को प्रथम चरण वैशाख २५ मा प्रारम्भ भएर जेठ २५ मा सम्पन्न भएको यहाँहरुलाई विदितै छ । प्रथम चरणबाट प्राप्त ऊर्जा र उपलब्धी, व्यापक कार्यक्रम र टिपोट गरिएका कमजोरी, सौहार्द संवाद र सकारात्मक सन्देश बारे संक्षिप्त विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा म यहाँहरुलाई नेपाली कांग्रेस पार्टीका तर्फबाट हार्दिक स्वागत गर्दछु ।

महिना दिन दुई हजार बढी कार्यक्रम
१. जागरण अभियानको प्रथम चरणको प्रारम्भ राष्ट्रव्यापी रुपमा एक साथ भएको थियो । एक महिनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगर स्तरीय कार्यक्रमहरु सँगै अन्य विषयगत महत्वपूर्ण भेला र कार्यक्रमहरु तथा कतिपय ठाउँमा वडा स्तरीय कार्यक्रम समेत गरी समग्रमा २ हजार भन्दा बढी कार्यक्रम आयोजना गरिएका छन् ।

२. अभियान क्रममा बैठक, भेला, आन्तरिक सभाहरु, खुला सभा, ¥याली, विचार–वहस लगायत कार्यक्रम सम्पन्न भएका छन् । कार्यक्रमहरुमा पार्टीका विभिन्न तहका साथीहरु, शुभचिन्तक, वुद्धिजीवी, व्यवसायी र कार्यक्रमको स्वरुप बमोजिम विविध र व्यापक सहभागिता रह्यो । सामाजिक बनोट बमोजिम विभिन्न समुदाय, भाषा–भाषी, युवा–पाकाको व्यापक सहभागिता रह्यो । देशव्यापी अभियानसँगै विदेश स्थित जनसम्पर्क समितिहरु मार्फत पनि अभियानका उद्देश्यहरु एक हदसम्म सम्प्रेषण भएका छन् ।

३. अभियानलाई व्यवस्थित बनाउन ७७ जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि, जिल्ला, क्षेत्र र गाउँ नगरले आवश्यकता अनुसार खटाएका प्रतिनिधि समेत गरी सयौँ प्रतिनिधिहरु विभिन्न तहसम्म पुगेर भूमिका निर्वाह गर्नु भएको छ । सबै प्रतिनिधि साथीहरु बधाइको पात्र हुनुहुन्छ । केन्द्रबाट निर्धारित अभियानलाई आ–आफ्नो जिल्ला र विभिन्न तहमा नेतृत्व गर्नु हुने सबै साथीहरु बधाइको पात्र हुनुहुन्छ ।

प्रथम चरणको सन्देश 
४. राष्ट्रिय जागरण अभियानलाई पछिल्लो समय कुनैपनि राजनैतिक दलद्वारा प्याकेजमा अघि सारिएको वृहत र नविन कार्यक्रमका रुपमा आम रुपमा लिइएको अनुभूत गरिएको छ ।
(क) पन्ध्र उद्देश्य तर एक साझा अभियान ।
(ख) कार्यक्रमका स्वरुपहरुको छरितो प्रस्तावना ।
(ग) ‘हिमाल, पहाड, तराई-मधेश’ नामसँगैको भावनात्मक ऐक्यवद्धता र सुगम शहरदेखि दुर्गम गाउँसम्म कार्यक्रम ।
(घ) स्थानीय तहसम्म वृहतस्तरमा संवाद, विषय सम्प्रेषण र सुझाव संकलन ।
(ङ) गणतन्त्र, संघीयता, सुशासन र समृद्धि जस्ता आम सरोकारका विषयहरुमा वौद्धिक छलफल ।
(च) लामो समय पश्चात नविन कार्यक्रम ।

कांग्रेसप्रति आकर्षण सरकारप्रति विकर्षण 
वर्तमान सरकारको अधिनायकवाद उन्मुख गतिविधिहरुले सरकारप्रति तीव्र बढाएको असन्तुष्टी जागरण अभियानका क्रममा देशव्यापी रुपमा प्रकट भएको छ । फेरी पनि नेपाली कांग्रेसले आफूलाई नविन ढंगले अघि बढाएर संविधान, संघीयता र सिंगो लोकतन्त्रको रक्षा एवं सम्वद्र्धनको भूमिका निर्वाह गर्नु पर्ने आम अपेक्षा देखिएको छ । सोही आशा र विश्वासको भावनाका साथ नेपाली कांग्रेसमा समाहित हुन चाहने आकांक्षा जागरण अभियान क्रममा देशव्यापी देखिएको छ । अभियान क्रममा सत्तारुढ पार्टी एवं अन्य पार्टीहरुबाट नेपाली कांग्रेसमा देशभरिका कार्यक्रम मार्फत ३१६४२ ले प्रवेश गरेका छन् । प्रवेश गर्नु हुनेमा साधारण सदस्यता देखि जिल्ला र गाउँ नगरमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहनु भएका व्यक्तित्वहरु समेत हुनुहुन्छ । उहाँहरुलाई पार्टीले आवश्यक प्रशिक्षण पश्चात उपयुक्त जिम्मेवारी प्रदान गर्नेछ ।

कमजोरी पहिचान र आम सुझाव 
५. जागरण अभियानका क्रममा पार्टीलाई घरेलु जीवन र राष्ट्रिय राजनीतिको भूमिकाका सन्दर्भमा महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन् । नेपाली कांग्रेसलाई सुदृढ र नविन बढाउँदै अघि बढ्न जागरण अभियान क्रममा साथीहरुबाट औल्याइएका कमजोरीहरु आत्मसात गर्दै, तिनलाई क्रमशः निराकरण गर्दै नेपाली कांग्रेस अघि बढ्नेछ ।
मेरो रगत कसैको जीवन
यही उद्घोष साथ जागरण अभियानसँगै जिल्ला सम्पर्क समितिहरुको संयोजनमा काठमाडौँमा मासिक रुपमा नियमित रक्तदान कार्यक्रम प्रारम्भ भएको छ । जेठ २३ मा प्रथम रक्तदानमा ७३ पिण्ट रक्तदानसँगै ‘काठमाडौँका अस्पतालहरुमा रगतको अभाव हुन नदिने’ घोषणा गरिएको छ । असारको अन्तिम शनिबार दोस्रो रक्तदान आयोजित हुनेछ ।

दोस्रो चरणमा प्रवेश पूर्व
६. “हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को दोस्रो चरण पूर्व घोषणा अनुरुप भदौ २४ गते (विपी जयन्तीका दिन) प्रारम्भ भई असोज ७ गतेसम्म चल्नेछ ।
दोस्रो चरण प्रवेश पूर्व केही महत्वपूर्ण सांगठनिक अभिभारा सम्पादन गरिनेछ । त्यस क्रममा …
(क) प्रथम चरणका लागि जिल्लाहरुमा जिम्मेवारी लिएर खटिनु भएका केन्द्रीय प्रतिनिधिहरुले असार १४ गते भित्र आफ्नो लिखित प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनु हुनेछ ।
(ख) पार्टी नेतृत्व र केन्द्रीय प्रतिनिधिहरु बीच यसक्रममा विशेष विर्मश केन्द्रीय कार्यालयले आयोजना गर्नेछ ।
(ग) जागरण अभियानको प्रथम चरणको समिक्षा, अन्य आवश्यक सन्दर्भ र समसामयिक मुद्दा केन्द्रीत रहेर नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक असार तेस्रो सातामा बस्नेछ ।
(घ) जागरण अभियानको दोस्रो चरण प्रवेश पूर्व नै नेपालको संविधान र नेपाली कांग्रेसको संशोधित विधान बमोजिमको सम्पूर्ण संरचनाहरु निर्माण गरिनेछ ।
(ङ) नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संस्थाहरु बारे आवश्यक निर्णय यथाशीघ्र लिइनेछ ।

प्रतिष्ठान अन्तर्गत प्रशिक्षण
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्वमा विभिन्न तहमा प्रशिक्षणका कार्यक्रमहरु जागरण अभियानको दोस्रो चरण पूर्व आयोजित हुनेछन् । यस क्रममा—
(क) नेपाली कांग्रेसको उम्मेदवार भएर विजयी देशभरिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुका लागि ‘सेवा, संगठन र समृद्धि’ केन्द्रीत प्रशिक्षण साउन महिनाको प्रथम साता काठमाडौँमा आयोजना गरिनेछ ।
(ख) सात प्रदेशका जिल्लाहरुलाई १४ फरक समूह बनाई १४ स्थानमा प्रशिक्षण आयोजना गर्ने प्रतिष्ठानको पूर्व निर्णय बमोजिम साउन प्रथम साता नै प्रदेश १ को धनकुटा र कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण आयोजना गरिनेछन् ।
(ग) नेपाली जनसम्पर्क समितिहरुका लागि जुन २१—२३ मा डेनमार्कमा आयोजना गरिने प्रशिक्षणमा ३३ देशका नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहनेछ । आन्तरिक संगठनात्मक विषयवस्तुहरुमाथि प्रशिक्षणका अलावा विश्व स्तरीय सो कार्यक्रममा…
– नेपालको समृद्धिमा नेपाली डायस्पोराको भूमिका
– विश्वमा बढ्दो तापक्रम र नेपाल प्रभाव
-विश्वको बदलिदो राजनीति, दक्षिण एशिया र नेपाल
– समाजवादको युरोप अनुभवको आलोकमा नेपाल
जस्ता महत्वपूर्ण विषयहरुमा विषगत अन्तरक्रिया हुनेछ ।

हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको प्रथम चरणले अभिवृद्धि गरेको जागरणको जगमा नेपाली कांग्रेस आगामी दिनमा सांगठनिक सुदृढीकरण र राष्ट्रिय राजनीतिको भूमिकामा थप सवल ढंगले अघि बढ्नेछ । अभियानको समाचार निरन्तर सम्प्रेषण गर्न हुने देशभरिका संचार माध्यमहरुलाई हार्दिक आभार प्रकट गर्दछु ।

जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता
जेठ ३०, ०७६