साहित्य

‘यस्तै छ’

कविता                                                                                                                                                          अंशु कार्की

 

राम्रो कुरा गरेर, केही साथ दिए झैं गर्छन्,
दुःख र आपतमा हात दिए झै गर्छन्।

तिमीलाइ ठुला-ठुला आशा अनि
भरोसा दिएर बिश्वास गरे झैं गर्छन्।

भन्छन् तिमी यो सब गर्न सक्छौ ।।
तर तिमी केही पाइला अघि बढेको देखेर

बाहिर वाह–वाह गर्दै, भित्र तिमिलाई
कमजोर बनाउन पटक–पटक प्रहार गर्छन्।

के थाहा तिमीलाइ उसका कुटिल
व्यवहारहरु, जुन तिमीले आखाहरु
बन्द गरि बिश्वास गरेको छौं ।

सबैको सामु तिम्रो अस्तित्व मेटाउन
नचाहिने चालहरु चल्छ्न्।

तिमीले सुन्दै आएको थियौ नि
तिम्रो सपना चोर्ने परका हैनन्

तिम्रै नजिकका हुन भन्नेहरुले
नै तिम्रो सपना लुट्ने मौका हेरेको
हुन्छन्।

राम्रो कुरा गरेर साथ दिए झैं गर्छन्
दुःख र आपतमा हात दिए झैं गर्छन्।

मकवानपुर