बाग्मती

तथ्य सहित ज्योतिषि भनिने ‘अर्जुन क्षेत्री’को कालो कर्तुत पर्दाफाश ,पैसाको लागी यति सम्म हेर्नुस् यो भिडियो

काठमाडौँ । आफुलाइ कहिले ज्योतिषी त कहिले फेस रिडर बताउँदै आएका ठग अर्जुन छेत्री को कथित डरलाग्दो भबिस्यबाणी खेर गए सगै उनको ढगी धन्दाको सप्रमाण पर्दाफास भएको छ। खास नाम अर्जुन थापा रहेका उनले आफ्नो उमेर ,पढाइ र थर समेत ढाटेर आफ्नो ठगी धन्दा चलाएको खुलासा भएको छ ।

आफुलाइ स्नातकोत्तर अध्ययन गरेको बताउने उनको एसएलसी मात्र पास गरेको समेत खुलेको छ । उनले करोडौं रकम ठगी गरेको समेत आसङ्का गरिएको छ भने उन्ले ज्योतिस शास्त्र बारे काहीँ कतै कुनै अध्ययन समेत नगरेको खुलासा भएको छ । उनले ज्योतिष विद्या अन्तरगत सामुदृक ज्ञानको (चलन चल्तिमा जुन कुरालाई साइमुन्द्री पनि भनिन्छ) पढाइलाई अगाडि बढाउन सुझाब समेत दिएका छन ।

चारमहिने अल्प शिक्षा मात्र लिएको समेत खुलेको छ । भने ज्योतिष परिसदका सदस्य एवम बरिस्ठ ज्योतिस सोम प्रसाद नेपाल ले अर्जुन छेत्री कुनै ज्योतिषी हैन भनेर ज्योतिष परिषदले जनतालाई प्रष्ट भन्दा भन्दै र उस्ले ज्योतिष नभएको स्विकार गरेर सबै सँग माफी मागिरहदा पनि ज्योतिषी भनेर मिडियाहरुले प्रचार गरिरहदा आम मानिस ठगिन पुगेको समेत बताएका छन । अर्जुन छेत्री चतुर ठग भएको भन्दै उनले केही सामान्य अल्पग्यान भएका ज्योतिषीहरुलाई भाडामा लिएर ज्योतिषका फलादेस गरेको हुन सक्ने पनि आसङ्का गरेका छन ।