अन्तर्राष्ट्रिय

एक जना मुख्य कमाण्डरसहित ५४ जना मारिए

क्वालाट । अफगानिस्तानमा तालिबान लडाकू समूहका एक जना मुख्य कमाण्डरसहित ५४ जना लडाकू मारिएका छन् । देशको दक्षिणी जाबुल प्रान्तमा सरकारी सुरक्षाकर्मीहरूले गरेको आक्रमणमा परी उनीहरू मारिएको प्रान्तीय गभर्नर रहम्ताउल्लाह यार्मालले बुधबार जानकारी दिए।

सरकारी सुरक्षाकर्मीहरूले राम्रो समन्वय गरेर मङ्गलबार भएको आक्रमण सफल र प्रभावकारी भएको उनले दाबी गरे । डायचोपान जिल्लामा भएको सो आक्रमणमा परी अरू १७ जना घाइते पनि भएको गभर्नर यार्मालले बताए। लडाकूहरूको तर्फबाट भएको जवाफी आक्रमणका कारण सुरक्षाकर्मी तर्फका छ जनाको पनि मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।