आर्थिक

आइएमई १९औं वार्षिकोत्सवमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम

काठमाडौं । नेपालको पहिलो र नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमई आज देखि १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ । रोजगारीका लागि विदेशमा जाने प्रचलन बढेसँगै नेपालीले अन्तर्राष्ट्रिय बजारमा कमाएको पैसा नेपालमा रहेका आफन्तलाई पठाउने बैंकिङ्ग संजालको आवश्यकता महसुस भइरहेको अवस्थालाई हृदयंगम गर्दै सन् २००१ म आइएमईले आफ्नो सेवा प्रथम पटक मलेसियाबाट शुरु गरेको थियो ।

‘१९औं वार्षिकोत्सव सशक्तिकरणको’ भन्ने मूल नाराका साथ मनाउन लागिएको १९ औं वार्षिकोत्सवको अवसर पारेर पानी पोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आज रक्तदान कार्यक्रमको आयोजना गरियो । हरेक वार्षिकोत्सवमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केहि न केहि सामाजिक कार्य गर्ने परम्परा अनुरुप यस वर्ष आयोजना गरिएको रक्तदान कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल सहितकूल ७० जना कर्मचारीले रक्तदान गरे ।

१९औं वार्षिकोत्सवको अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले आम सेवाग्राही,व्यावसायिक साझेदार, सहकर्मी मित्रहरु, नियामक निकाय,शुभेच्छुक–शुभचिन्तक सबैलाई धन्यवाद सहित हार्दिक आभार प्रकट गरेका छन् । ‘हाम्रो व्यावसायिक यात्राका लागि तपाईंहरू सबैबाट प्राप्त सहयोग र सद्भावलाई हामीले सदैव मार्ग दर्शनको रुपमा लिएका छौं । सानो आकारबाट शुरु भएको आइएमई आज एउटा व्यावसायिक ग्रुपको रुपमा स्थापित भएको छ । आइएमईले आर्जन गरेको शाख र प्रतिष्ठा तपाईंहरु सबैको अथक मेहन तर सद्भावको परिणाम हो । यसको श्रेय तपाईंहरू सबैसँग बाड्न पाउँदा हामीलाई निकै खुशी लागेको छ’। अध्यक्ष र प्रवन्ध निर्देशकद्वारा आज विहानजारी विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यसकम्पनीले सेवा शुभारम्भको १९औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय १ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव १० हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आई रहेको छ ।