गण्डकी प्रदेश

पोखरामा प्रहरीले गोली चलायो, ड्रग्सका कारोबारी र प्रहरीबीच मुक्कामुक्की !

पोखरा । पोखराको उत्तमचोकमा गोली चलेको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । लागू औषध लिएर हिँहेको खबरपछि पछ्याउँदै गएको प्रहरीलाई नै आक्रमण प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

प्रहरीले चलाएको गोलीबाट गोविन्द थापा घाइते भएका छन् । खुट्टामा गोली लागेर घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । लागूऔषध लिएर हिँडेको विषेश सूचनाको आधारमा थापालाई पछ्याउँदै गएको प्रहरीले जनाएको छ ।

थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । थापा लागूऔषध सम्बन्धी मुद्दामा कतारको जेलमा समेत ४ वर्ष सजाय काटिसकेका व्यक्ति भएको प्रहरी दाबी छ ।