सामाजिक सञ्जाल

किरिया बसेको स्थानबाटै भीमार्जुनले यसरी सम्झिए आफ्नी आमालाई !

काठमाण्डौ । संबिधनबिद् डा भीमार्जुन आचार्यले आफ्नी आमाको निधनमा भावह्वील हुंदै फेसबुकमा स्टाटस लेखेका छन् । काठमाण्डौको बबरमहलका स्थायष्ी बासिन्दा समेत रहेका डा आचार्यकी ममतामयी माताको गृहनगर दाङ्गमा शनिबार निधन भएको पाँच दिनपछि डा आचार्यले किरिया कर्म गर्दागर्दै आफ्नी आमालाई आत्मादेखी नै सम्झिएका छन् । उनले स्टाटस् लेख्दै भनेका छन्ः

“मृत्यु जीवनको एक क्रूर सत्य भएपनि त्यसलाई सहज रूपमा स्वीकार्न कठिन हुँदोरहेछ । त्यसमा पनि आमालाई गुमाउँदाको पीडा शब्दमा बर्णन गर्न सम्भव छैन । मैले टेलिफोन वा घरमा आमा! भनेर बोलाउदा है बा! भन्नु हुनुहुन्थ्यो । यी सबै अब स्मृतिमा सीमित रहे। आमा फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । रोग पत्ता लाग्दा अन्तिम स्टेजमा पुगिसकेको रहेछ । यो कुरा आमालाई थाहा दिएका थिएनौं। यसबाट चिकित्सकले दिएको समयसीमा (अनुमान) भन्दा धेरै बढी समय आमालाई सकुशल राख्न हामी सफल भयौ । परिवारको साथले एकप्रकारको औषधीको काम गर्यो । दाङ स्थित आफ्नै निवासमा किरिया कर्मको आज पाँचौ दिनमा छौ। यस दुखत घडीमा साथ दिनु हुने सबै आफन्तहरु तथा साथी– शुभेच्छुकहरू प्रति आभार व्यक्त गर्दछौ । भगवानसँग आमाको आत्माको चीर शान्तिको कामना गर्दछु ।”