राजनीति

नेकपा सोत्तरः १००० कार्यकर्ता डा कोईराला र गगनको हातबाट टीका लगाउँदै काँग्रेसमा

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय डा.शेखर कोईराला र गगन थापाले नेकपा र सँयुक्त जनमोर्चाका ६४५ नेता कार्यकर्तालाई काँग्रेस प्रवेश गराएका छन् ।

नेपाली कांग्रेस प्युठानले बिजुवारमा आयोजना गरेको आमसभालाई संबोधन गर्दै नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र केन्द्रीय सदस्य गगन थापाले सयौंको संख्यामा नेता कार्यकर्तालाई टीका लगाएर प्रवेश गराएको डा कोईरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलीयाले बताए । कार्यक्रममा उपस्थिित अर्कँ एक नेताले १००० भन्दा बढी नै नेता कार्यकर्तँ काँग्रेस प्रवेश गरेको दाबी गरेका छन्। काउण्ट गरिएका त्यति भएपनि कतिपय काकिन नगरिएकाहरुपनि हुनुपर्छ, उनले भने ।

साथमा प्युठान कांग्रेसका सभापती अमर भण्डारी, पुर्वसभापतीहरु–कृष्णप्रपन्न सुबेदी र सुवास केसी, प्रदेससभा सदस्य डिल्ली चौधरी, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्षहरु-डा गोबिन्दराज पोख्रेल, डा स्वर्णिम वाग्ले,केन्द्रिय निति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य राजु नेपाल लगायतले आफ्नो मन्तब्य राखेका थिए ।