राजनीति

काँग्रेस सांस्कृतिक सङ्घको भेला जेठ ३१ र ३२ गते हेटौँडामा

काठमाण्डौ । नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल सांस्कृतिक सङ्घले सङ्घका जिल्ला सभापतिहरुको राष्ट्रिय प्रशिक्षण भेला मकवानपुरको हेटौँडामा गर्ने भएको छ । उक्त भेला जेठ ३१ र ३२ गते हुने छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घले ७७ जिल्लाका सांस्कृतिक सङ्घका सभापतिको भेलामार्फत देशव्यापी रुपमा स्रष्टा, संस्कृतिकर्मीको सुरक्षा, सम्मान र पहिचानका लागि ऐक्यबद्धता जनाउनेछ । सङ्घका सभापति तीर्थबहादुर थापाले गाउँ, नगर, क्षेत्र, जिल्ला, केन्द्र र प्रदेशस्तरीय साङ्गठनिक संरचनालाई गतिशिल बनाउन तथा स्रष्टाको हकहित पहिचानका लागि भेला फलदायी हुने विश्वास व्यक्त गरे ।

सङ्घका उपाध्यक्ष जनार्दन आचार्य, महामन्त्री दुर्गाबहादुर रायमाझी, तथा महामन्त्रीद्वय रोशनी केसी र शिवशङ्कर रिजालले नेपालमा संस्कृतिको विकासका लागि जनजागरण अभियान सञ्चालन गर्नुपर्ने बताए ।