मनोरञ्जन

सारेगम विजेता आचार्य र केसीलाई यस्तो गरियो सम्मान, राम्रो काम गर्नेका लागि सम्मान क्रम जारी

भक्तपुर । भारतीय टेलिभिजन जी टिभीको रियालिटी सो सारेगमपमा चौँथो हुन सफल कक्षा ८ मा अध्ययनरत् विद्यार्थी आयुष केसीलाई रु एक लाखसहित सम्मान गरिएको छ । हिजोमात्र भारतबाट नेपाल फर्किदा प्रीतम आचार्यलाई बिर्तामोडदेखी नै सयौंको संख्यामा उपस्थिित भएका नेपालीहरुले स्वानगत गरेका थिए, ईटहरीका प्रीतमले सभावना दूत समेत बन्ने मँैका पाएका छन् । दुई कलिला बालकहरुले गरेको प्रगतीका लागि बिभिन्न स्थानबाट सम्मान पाउने क्रम जारी छ ।

यसै क्रममा सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित मोर्डन स्कूलले आज आयोजना गरेको सम्मान कार्यक्रममा स्कूलका प्रमुख बाबुकाजी कसपाल, प्राचार्य अनिल कसपालले रु एक लाखसहित सम्मान गरे ।

सारेगम लिटल च्याम्सको २०१९ को संस्करणमा भाग लिएका केसी र प्रितम आचार्य फाइनलमा पुगेका थिए भने आचार्य तेस्रो र केसीले चौँथो स्थानमा आउन सफल भएका थिए । मोर्डन स्कूलमा कक्षा ८ मा अध्ययनरत् गायक केसीले कार्यक्रममा नेपाली तथा हिन्दी गीत गाएका थिए भने उनले नृत्य गरेरसमेत आफ्नो क्षमता प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले नेपालबाट भारतको रियालिटी शोमा भाग लिएर केसी र आचार्यले देशको नाम उच्च राख्न सफल भएको भन्दै प्रशंसा गरेका थिए ।

त्यसअवसरमा जिल्ला शिक्षा एकाईका प्रमुख खेमनाथ पोखरेल, प्राचार्य कसपाल, सूनपा–४ का वडाअध्यक्ष उत्तम थापालगायतले नेपाली प्रतिभाको बारेमा चर्चा गर्दै राज्यले संरक्षण गर्नुपर्ने बताए ।