आर्थिक

सिभिल बैंक लाहान र दुधेमा उद्घाटनपछि ७९ शाखा पुग्यो

काठमाण्डौ । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा लाहान नगरपालिकाको लाहानमा र शिवसताक्षी नगरपालिकाको दुधेमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमहरुका बीचलाहान नगरपालिकाका मेयर मुनी साह सुडीले शिवसताक्षी नगरपालिकाको मेयर चन्द्र कुमार शेर्माले क्रमश लाहान शाखा र दुधे शाखाको उद्घाटन गरे ।
शाखाको उद्घाटन समारोहहरुमा प्रमुख अतिथि, सिभिल बैंक प्रदेशका प्रदेश प्रमुखहरु सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
लाहान र दुधे शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ७९ पुगेकोे पनि बैंकले जनाएको छ ।