समाचार

काङ्ग्रेसद्वारा बुर्लाकोटीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली काङ्ग्रेसले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ पार्टीका स्थानीय नेता राजाराम बुर्लाकोटीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

काङ्ग्रेसले स्व बुर्लाकोटीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । पार्टीका क्रियाशील सदस्य बुर्लाकोटीको ५३ वर्षको उमेरमा उपचारको क्रममा आज निधन भएको हो ।

उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । यसअघि काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

स्व बुर्लाकोटी नेपाल शिक्षक सङ्घमा आबद्ध रही शिक्षा क्षेत्रमा समेत योगदान पु¥याउनुका साथै काङ्ग्रेसले सञ्चालन गरेको हरेक आन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।