समाचार

चौथो वातावरण साहित्य गोष्ठी सम्पन्न

काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा हालै बेलायतको राजधानी लन्डनमा चौथो वातावरण साहित्य गोष्ठी सम्पन्न भएको छ । बेलायतमा रहेका १४ ओटा नेपाली साहित्य संस्थाको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रमको उद्घाटन बेलायतका लागि नेपाली राजदूत तथा साहित्यकार डा. दुर्गाबहादुर सुवेदीले गरेका थिए।

सो अवसरमा करीब ३५ जना कवि तथा कवयित्रीले कविता वाचन गरेका थिए । तीमध्ये अहिल्या कुँवरको कवितालाई सर्वोत्कृष्ट घोषित गरी पुरस्कृत गरिएको थियो । यसवर्षको वातावरण दिवसको नारा वायु प्रदूषणलाई मुख्य विषय बनाएर कविता वाचन गरिएको थियो ।

बिग्रंदो वातावरणलाई संरक्षण गर्न साहित्यमार्फत जनचेतना फैलाउने उद्देश्यले साहित्यिक कार्यक्रमको आयोजना गरिएको साहित्य सङ्गमका अध्यक्ष विनोद अधिकारीले बताए । उनका अनुसार नेपाल भ्रमण वर्षलाई टेवा पु¥याउने उद्देश्यले अर्को वर्षको वातावरण दिवसको अवसरमा पाँचौँ वातावरण साहित्य गोष्ठी काठमाडौँमा आयोजना गरिने भएको छ ।

सो अवसरमा प्रमुख अतिथि राजदूत डा सुवेदी र कार्यक्रमका प्रमुख संयोजक विजय हितानले वासु शर्माको गजल सङग्रह ‘पोखियो मन छताछुल्ल’, प्रतिमा केसीको कविता सङग्रह ‘पानीको बिद्रोह’ र रामप्रसाद घिमिरेको कथा सङग्रह ‘खप्परेका कथाहरु’ विमोचन गरे ।