मनोरञ्जन

११ बर्षमै नै तहल्का मच्चाई बाबुआमा र इटहरीबासीलाई हसाउने प्रीतम आचार्यलाई बधाई !

काठमाण्डौ । सारेगमप लिटिल च्याम्पमा सेकेन्ड रनरअप बनेर फर्किएका नेपालको शान ईटहरीका प्रीतम आचार्यलाई काकडभिट्टामा भब्य स्वागत गरिएको छ । यस्तै गरि चौथो बनेका आयुष यस अघि नै काठमान्डौ आइसकेका छन्। ईटहरीबाट प्रितमलाई स्वागत गर्दै लिन एक दर्जन गाडी सहित सयौको संख्यामा ईटहरीबासी काकडभिट्टा पुगेका थिए । सुरु देखिने बिजेताको रुपमा हेरिदै आएका बालक प्रितमले तेश्रो स्थान हासिल गरेका थिए।

‘नेपालका छोरा प्रीतम – हाई हाई’ भन्दै प्रितम आचार्यलाई काकडभिट्टाका बासिहरुले समेत भब्य रुपमा स्वागत गरेका थिए । यसरि यस अघि कुनै पनि गायन रियालिटी शो मा नेपाली पुगेर यति सफलता हासिल गरेको थिएँन। सबैले बिजेताको दाबेदार मान्दै आएको र प्रसंसा र तारीफ भरपुर हुदै आएको थियो। तर उनले तेश्रो स्थानमै चित्त बुझाउनु परेको छ। यति ठुलो प्रतियोगितामा यति सफलता पनि ठुलो उपलब्धि नै हो।

सबैका हाइ हाइ हुदै आएका प्रितमले नेपालमा भब्य स्वागत पाएका छन्। नेपालको झण्डा सहितको गाडीमा सवार प्रितमलाई फूलमाला लगाइदिनेको ठुलो भिड थियो। त्यस्तै बिर्तामोडको होटल हेभेन ग्राण्ड र दमकमा पनि उनलाई भब्य स्वागत सम्मान सहित उनको साङितिक भबिस्यको लागि सुभकामना प्रदान गरिएको छ । ईटहरी उपमहानगरपालिकाले समेत उनलाई स्वागत सम्मान गरेको छ।